
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले पत्रकार दिलभुषण पाठकलाई प्रहरीकोमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ । ब्युरोले मंगलबार सूचना जारी गदै अनुसन्धानमा सघाउन अनुरोध गरेको छ ।
"विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा तपाईंविरुद्ध सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ जेठ २७ गते मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्याइदिनु हुन अनुरोध गरिएको छ," ब्युरोको सूचनामा भनिएको छ ।
सोमबार उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।