site stats
बाह्रखरी :: Baahrakhari
कला
 ‘नरसिंहा : अवतार’को पोस्टरमा सबै कलाकार 

काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका सबै कलाकारहरुलाई स्थान दिइएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र जेठ ९ गतेबाट रिलिजमा आउनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, टार्जनलगायतका कलाकारलाई स्थान दिइएको छ ।

चन्द्र पन्तको कथा रहेको चलचित्रमा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी छ । राजु विक्रम थापाको डीओपी रहेको छ । 

,

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्