
काठमाडौं । सन् २००४ सालमा स्थापना भई सीएको सबै तहको तयारी कक्षा सञ्चालन गर्दै आएको प्राइम सीएले आफ्नो एक्काइसौँ वार्षिक उत्सव तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्राइममा अध्ययन गरी २०२४ सालमा सीए बन्न सफल विद्यार्थी, र्यांकहोल्डर विद्यार्थी, अन्य कलेजका प्राचार्य तथा बोर्डका विशिष्ट सदस्यको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाको अध्यक्ष सीए नवराज बुर्लाकोटीले प्राइम सीएले आफ्नो २१ वर्षे यात्रामा विद्यार्थीहरूको निरन्तर मिहिनेत र विश्वास, अभिभावकहरूको सहयोग, योग्य कर्मचारीहरू, दक्ष तथा अनुभवी शिक्षक समूहको योगदानबाट सीएको प्रत्येक तहमा प्राइम सीएका विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए ।
अहिलेसम्म ११ सयभन्दा बढी विद्यार्थीहरू सीए बन्न सफल भएको भन्दै सम्पूर्णमा आभार व्यक्त गरे । त्यसैगरी सन् २०२४ मा नेपाल बोर्डबाट सीए हुने ११९ जनामध्ये ७९ जना प्राइमको विद्यार्थी रहेको जानकारी गराए ।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा प्राइममा अध्ययन गरी सन् २०२४ मा सीए उत्तीर्ण भएका विद्यार्थी तथा २०२४ सालमा प्रत्येक तहमा र्यांकहोल्डर बन्न सफल भएका विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
सम्मानित विद्यार्थीहरूले मन्तव्य दिँदै प्राइम सीएको उच्चस्तरीय शैक्षिक वातावरण, गुणस्तरीय पाठ्यसामग्री, गुणस्तरीय शिक्षा, दक्ष व्यवस्थापन, अनुभवी तथा खारिएका स्रोत व्यक्तिहरूको सही मार्गदर्शनले आफूलाई लक्ष्य प्राप्त गर्न सहज भएको बताए ।
प्राइम सीएले आफ्नो २१औँ वार्षिक उत्सवको अवसरमा सीए पढ्न चाहने मिहिनेती, क्षमतावान् विद्यार्थीलाई १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था पनि गरेको छ ।
आगामी दिनहरूमा विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक तथा नेतृत्व विकासका लागि अझ नविनतम शिक्षण सिकाई कार्यक्रम, मूल्यांकन पद्धतिहरू, तालिम तथा सेमिनारहरू, फरक–फरक क्षेत्रका विज्ञहरूद्वारा अतिथि कक्षाहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।