site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ । पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमबार भएको रुसी आक्रमणमा चारजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । यो आक्रमण अघिल्लो दिन छिमेकी सुमी क्षेत्रमा भएको आक्रमणपछि भएको हो, जहाँ २५ भन्दा बढीको ज्यान गएको थियो ।

खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जसलाई राति ड्रोनद्वारा पनि निशाना बनाइएको थियो । खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभले रुसी सेनाले कुपियान्स्क सहरमा गोलाबारी गरेको बताए ।

“तोपको गोलाबारीका कारण ६८ वर्षीय पुरुष र ६१ वर्षीया महिलाको मृत्यु भएको छ,” उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

रकेट आक्रमणबाट ७७ वर्षीया महिला र ५२ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्दा रुसी सेनाले खार्किभको धेरै भाग कब्जा गर्ने प्रयास गरेको थियो, तर युक्रेनी सेनाले ती क्षेत्र फेरि फिर्ता लिएको थियो । हाल पुनः सीमावर्ती क्षेत्रमा रुसी गतिविधि बढेको देखिएको छ ।

त्यसैगरी, युक्रेनी अधिकारीहरूले जनाएअनुसार रुसले आइतबार राति युक्रेनमाथि ६२ वटा ड्रोनद्वारा आक्रमण गरेको थियो, जसमा दक्षिणी सहर ओडेसामा ११ जना घाइते भएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro