site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्जना एपीएफ क्लबमा अनुबन्धित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर अन्जना रानामगरलाई टोलीमा अनुबन्ध गरेको छ । सोमबार एपीएफले अन्जनालाई टोलीमा अनुबन्ध गरेको जनाएको हो ।

एपीएफले सामाजिक सञ्जालमार्फत अन्जनालाई क्लबमा अनुबन्ध गरेको जनाएको हो । सामाजिक सञ्जालमा एपीएफले सार्वजनिक गर्दै टोलीमा अनुबन्ध गर्न पाएकोमा आफूहरू गौरवान्वित भएको जनाएको छ ।

“अन्जनालाई हामी एपीएफ परिवारमा स्वागत गर्न चाहन्छौँ । गोलपोष्टमा अन्जनाको साहसिक प्रदर्शनले नयाँ पुस्तालाई उल्लेखनीय प्रेरणा दिएको छ । हामी तपाईंलाई टोलीको गोल रक्षकको रूपमा स्वागत गर्न पाउँदा एकदम गौरवान्वित छौँ ।” एपीएफले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको छ ।

अञ्जनाले यसअघि नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबमा अनुबन्धित हुँदै राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता खेलिसकेकी छन् ।

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro