site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सहिद स्मारक ‘बी’ डिभिजन लिग : ब्वाइज युनियनको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा मध्यपुर एसोसियसनलाई २–० ले पराजित गर्दै ब्वाइज युनियनले पहिलो जित निकालेको हो ।

ब्वाइज युनियनको जितमा दिव्यविक्रम चौधरी र विनोद राईले गोल गरे । २४औँ मिनेटमा विनोदले ब्वाइज युनियनलाई अग्रता दिलाए । ४५औँ मिनेटमा दिव्यविक्रमले टोलीको निम्ति गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

जितसँगै ब्वाइज युनियनले पाँचौँ खेलबाट पहिलो जित निकाल्दै पहिलो तीन अंक जोडेको छ । उसले एक जित, तीन बराबरी र एक पराजयसँगै कुल पाँच खेलबाट पाँच अंक बनाएको छ । यसअघि ब्वाइज युनियन प्लानिङ ब्वाइजसँग २–१ पराजित भएको थियो ।

पराजित मध्यपुरले भने तेस्रो हार खेप्दै एक जित, एक बराबरीकासाथ चार अंक बनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro