site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र भन्छन्– यो मेरो लागि अवसर हो

काठमाडौं । हङकङमा हुने चारदेशीय ट्वान्टी–२० शृंखलाका निम्ति मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि पूर्वकप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले आफ्ना लागि यो अवसर भएको बताएका छन् ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय क्रिकेट टिमको बिदाइ कार्यक्रममा ज्ञानेन्द्रले खेलाडी हुँदै प्रशिक्षकको जिम्मेवारीमा आउनु गौरवको कुरा भएको समेत बताए ।

“तयारी धेरै गर्न नपाएता पनि मानसिक र शारीरिक रूपमा स्वस्थ छन् । उनीहरू प्रधानमन्त्री कप लगायतका घरेलु लिगमा व्यस्त थिए,” ज्ञानेन्द्रले भने, “खेलाडी भए पनि कोच वा जुनसुकै ठाउँमा भए पनि मुख्य दायित्व भनेको देशको लागि नै गर्ने हो जस्तो लाग्छ मलाई । कोचको रूपमा यही नै दायित्व निर्वाह गर्ने हो । एक खेलाडी हुँदै यहाँसम्म आइपुग्नु गौरवको कुरा हो । यो मेरो लागि अवसर हो ।”

नवनियुक्त मुख्य प्रशिक्षक स्टुवार्ड ल नेपाल आइनपुगेको हुँदा ज्ञानेन्द्रले यो जिम्मेवारी पाएका हुन् ।

यस्तै, नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले शृंखलाको तयारीका निम्ति समय छोटो भए पनि आफ्नो टोली तयार रहेको बताए ।

“धेरै समय पाएका थिएनौँ । समय छोटो भए पनि ५–६ दिनमा लक्ष्यअनुसार त्यसको ८०–९० प्रतिशत तयारी गर्यौँ । तयारी राम्रो नै भयो । यसलाई हङकङमा गएर कार्यान्वायन गर्नु महत्त्वपूर्ण छ,” रोहितले भने ।

अप्रिल ९ देखि सुरु हुने प्रतियोगितामा नेपाली टिमले पहिलो दिन कतारसँग खेल्ने तालिका छ । यस्तै, नेपालले अप्रिल १० मा कुवेतसँग र अप्रिल १२ मा घरेलु टिम हङकङसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro