-1744028246.jpg)
काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षको अवसरमा ‘यो नयाँ वर्ष, चुज योर फियुचर हुन्डाईसँग’ योजना ग्राहकहरू माझ ल्याएको छ ।
यो योजना बिहीबार (चैत २१) देखि नेपालभरि लागु भएको हो । हुन्डाईले आफ्ना ग्राहकहरूको यात्रा विशेष बनाउन आकर्षक नगद छुटको अफर प्रस्तुत गरेको छ । जसअन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा ६ लाखसम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस योजनामा विशेष गरी क्रेटा, ईभी र मेड इन नेपाल क्रेटलाई थप उत्साहजनक बनाइएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत ग्राहकहरूले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा, सवारी कर, तुरुन्त मूल्यांकन र एक्सचेन्ज सुविधा प्राप्त गर्नेछन् ।
साथै, यस योजनामा हुन्डाईका सबै गाडीहरूमा तीन वर्षको वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको हाई भोल्टेज ब्याट्रीमा आठ वर्षको वारेन्टी र गाडीका अन्य कम्पोनेन्टहरूमा दुई वर्षको वारेन्टी प्रदान गरिने समेत कम्पनीले जानकारी दिएको छ ।
यस स्किमअन्तर्गत हुन्डाईका कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एस.यू. भी. तथा आईस ईभी गाडी खरिद गरी ग्राहकहरूले उपभोग गर्न सक्ने कम्पनिले जनाएको छ ।