site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धरानमा महिलाको शव फेला
प्रतीकात्मक तस्बिर ।

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–६, पाँचकन्या सामुदायिक वनभित्र एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार सोमबार दिउँसो अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यलय, कोसी प्रदेश प्रहरी कार्यलय विराटनगरको टोलीले तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ । शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  २२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro