देश

काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । तोडफोडमा संलग्न रहेको आरोपमा कुमार तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जीसीले जानकारी दिए ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रममा जडीबुटी क्षेत्रका सडकमा जोडिएका ट्राफिक लाइटमा तोडफोड गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ १५:३६
प्रतिक्रिया दिनुहोस्