site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन चैत २६ देखि

काठमाडौं । लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबार (चैत २६ गते) देखि सुरु हुने भएको छ । 'कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण' भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले जनाएको छ ।

कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तरक्रिया हुने आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पूरकसहित कुल सात सत्र सञ्चालन हुँदै छन् ।

कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफलमार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता  र जवाफदेहिता प्रवर्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आईक्यानले जनाएको छ ।

सम्मेलनले लेखा पेसाको उन्नति र आर्थिक विकासमा समेत योगदान पुर्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । सात सेसनमा ३५ वक्ता सहभागी हुनेछन् । चारजनाले प्रस्तुति दिनेछन् । पाँचजना अन्तर्राष्ट्रिय प्रतिनिधिसमेत उपस्थित हुने आयोजकले बताएको छ । सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब एक हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro