site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा ६ जनालाई जन्मकैद

म्याग्दी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ६ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका सहयोगी ठहरिएका थप नौजनाको सजाय निर्धारणका लागि यही चैत २७ गते पेसी तोकेको हो ।

रघुगंगा गाउँपालिका–१, बेग घर भई बेनी नगरपालिका–८, पिपलचोकका २१ वर्षीय गर्बुजाको विसं २०८० माघ ११ गते साँझ बेनी–८, न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले धवलागिरि गाउँपालिका–४ का २३ वर्षीय शंकर घर्ती, २२ वर्षीय अमृत पुर्जा, बेनी–५ का २४ वर्षीय सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय तोकिएको जानकारी दिए ।

रघुगंगा–७, चिमखोलाका उत्सव पुन, मनीष तिलिजा, वडा नं २ का सञ्जन खत्री, मंगला गाउँपालिका–२ का प्रवीण जिसी, बेनी–९ का सविन राई, जलजला गाउँपालिका–३, पर्वतका सोहन बरुवाल, परिवर्तित नाम ४३ (त), ४३ (न) र ४३ (फ)लाई चैत २७ गतेको पेसीले सजाय निर्धारण गर्ने सूचना अधिकारी पौडेलले बताए ।

बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ । १६ वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध)ले १६ वर्ष १० महिना सात दिन कैद भुक्तान गर्नुपर्ने उनले उल्लेख गरे । उनका अनुसार १४ देखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष ६ महिना सजाय भुक्तान गर्नुपर्ने छ ।

विसं २०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठजना बयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro