site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रसंघको प्रक्षेपण : एआईका कारण विश्वभर ४० प्रतिशत रोजगारीमा असर पर्ने 

जेनेभा । संयुक्त राष्ट्रसंघले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई)का कारण विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी दिएको छ । 

एआईको विश्वव्यापी बजारले सन् २०३३ सम्ममा जर्मनीको अर्थतन्त्रको आकार ४८ खर्ब डलर पुग्ने अनुमान गरेको छ ।

एआईले अर्थतन्त्रहरू परिवर्तन गर्दै र विशाल अवसरहरू सिर्जना गर्दै गए तापनि यस प्रविधिले विद्यमान असमानतालाई गहिरो बनाउने जोखिम पनि रहेको राष्ट्रसंघीय व्यापार र विकास एजेन्सी (यूएनसीटीएडी)ले एक प्रतिवेदनमा चेतावनी दिएको छ ।

विशेष गरी प्रतिवेदनले एआईले उत्पादकत्व वृद्धि प्रदान गर्ने, तर विश्वभरका ४० प्रतिशत रोजगारीमा प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ । 

पहिलेका प्रविधि लहरले मुख्यतः ‘म्यानुअल’ रोजगारीमा प्रभाव पारेको भए तापनि यूएनसीटीएडीले ज्ञान–गहन क्षेत्रहरू एआईबाट सबैभन्दा बढी प्रभावित हुने उजागर गरेको छ ।

यसको मतलब उन्नत अर्थतन्त्रहरू निश्चय नै सबैभन्दा बढी प्रभावित हुनेछन् । तर यी अर्थतन्त्रहरूले विकासशील अर्थतन्त्रहरूको तुलनामा फाइदा लिन सक्ने बताइएको छ ।

“एआई–सञ्चालित स्वचालनका फाइदाहरूले प्रायः श्रमभन्दा पुँजीलाई समर्थन गर्दछ, जसले असमानतालाई फराकिलो बनाउन र विकासोन्मुख अर्थव्यवस्थामा कम लागतको श्रमको प्रतिस्पर्धात्मक फाइदालाई कम गर्न सक्छ,” यूएनसीटीएडीले भन्यो ।

एजेन्सी प्रमुख रेबेका ग्रिन्स्पानले एक विज्ञप्तिमा एआई विकासको केन्द्रमा मानिसहरू छन् भन्ने सुनिश्चित गर्ने महत्त्वमा जोड दिँदै ‘प्रविधिबाट मानिसहरूमा ध्यान केन्द्रित गर्न, देशहरूलाई विश्वव्यापी एआई ढाँचा सह–सिर्जना गर्न सक्षम बनाउन’ बलियो अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरे । 

“प्रविधिगत प्रगतिले आर्थिक वृद्धि गर्दा पनि, यसले आफैँमा समान आय वितरण वा समावेशी मानव विकासलाई प्रवर्द्धन गर्दैन भन्ने इतिहासले देखाएको छ,” उनले प्रतिवेदनमा चेतावनी दिए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro