site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले साम्राज्यवादी प्रवृत्ति देखायो : फ्रान्स, अन्य देश पनि रुष्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी रूपमा आयात कर लगाउने घोषणापछि फ्रान्स सरकारले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कडा प्रतिक्रिया दिएको छ । फ्रान्सले ट्रम्पको उक्त निर्णयमा अमेरिकाको साम्राज्यवादी प्रवृत्ति झल्किएको भन्दै आलोचना गरेको छ ।

एक स्थानीय रेडियोलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार फ्रान्स सरकारका प्रवक्ता सोफी प्रिमासले ट्रम्पलाई ‘संसारको मालिक भएझैँ’ व्यवहार देखाएको बताएकी थिइन् । प्रवक्ता प्रिमासले ट्रम्पको आयात कर लगाउने घोषणाको जवाफी कदम युरोपियन युनियन (ईयू)ले अप्रिलको दोस्रो हप्ता घोषणा गर्ने र थप कदम अप्रिलको अन्त्यसम्ममा घोषणा गर्ने बताएकी छिन् ।

बुधबार ट्रम्पले युरोपियन युनियनबाट अमेरिका आयात हुने सबै वस्तुहरूमा २० प्रतिशतको समग्र कर लगाउने घोषणा गरेका थिए । 

त्यस्तै, क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको पारस्परिक शुल्कले ‘अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई मौलिक रूपमा परिवर्तन गर्ने’ बताएका छन् । प्रधानमन्त्री कर्नीका अनुसार उनको देशले ट्रम्पको नयाँ कर नीतिको जवाफी कदमको बिहीबार घोषणा गर्नेछ । मन्त्रिपरिषद् बैठकअगावै उनले पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पको करविरुद्ध दृढतापूर्वक र शक्तिका साथ लड्ने पनि घोषणा गरेका छन् ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकालाई उसले घोषणा गरेको एकतर्फी आयात कर लगाउने निर्णय तुरुन्तै खारेज गर्न आग्रह गरेको छ । यसप्रति कडा असन्तुष्टि र विरोध जनाउँदै चीनले आफ्नो अधिकार र हितको रक्षा गर्न जवाफी उपायहरू घोषणा गर्ने प्रतिज्ञा गरेको छ ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले सामाजिक सञ्जालमार्फत ट्रम्पको आयात शुल्क गलत दिशातर्फ अघि बढिरहेको छ । यसले न अमेरिका हितमा छ न त यसले इटालीलाई फाइदा पुर्‍याउने उनले बताएकी छिन् ।

युरोपेली युनिनयकी अध्यक्ष उर्सुला भान डेर लेयनले अमेरिकाको व्यापक रूपमा आयात कर लगाउने नीतिका कारण विश्व नै व्यापक रूपमा पीडित भएको भन्दै युरोपेली युनियन (ईयू) ट्रम्पको २० प्रतिशत करको प्रतिकार गर्न तयार रहेको बताइन् । तर उनको संगठनले सम्झौताका लागि ट्रम्पसँग वार्ता गर्न चाहेको पनि उल्लेख गरिन् । 

ब्रिटेनका व्यापार सचिव जोनाथन रेनोल्ड्सले ट्रम्पको नयाँ कर नीतिको विश्वव्यापी अर्थतन्त्रको लागि खतरा भएको बताएका छन् ।

स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले उनको देशले थप व्यापार अवरोधहरू र व्यापार युद्ध नचाहेको भन्दै अमेरिका र युरोपबीच सहकार्य र व्यापार पुनर्स्थापित गर्न चाहेको बताए ।

नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले ट्रप प्रशासनको घोषणा नराम्रो र गम्भीर भन्दै यसले धेरै नर्वेली कम्पनीहरू र रोजगारीमा असर पार्ने बताए । उनले अमेरिकासँग करको विषयमा वार्ता गर्ने प्रयास गर्ने पनि बताए ।

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थनी अल्बानीजले पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पको कदम मित्रवत् कार्य नभएको बताए । तर, उनले अमेरिकाविरुद्ध प्रतिकारात्मक कर नलगाउने बताए ।

यसैगरी मलेसिया सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने निर्णयविरुद्ध जवाफी कर लगाउने विचार नगरेको बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro