site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयोजक र रेफ्रीप्रति पोखराका प्रशिक्षकको आक्रोश

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को क्लब पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रतियोगिता र रेफ्रीको स्तरमाथि प्रश्न उठाएका छन् । प्रतियोगितामा बुधबार पोखरा ललितपुर सिटी एफसीविरुद्ध ३–२ ले पराजित भएपछि श्रेष्ठले आयोजकले आफूहरूको तालिकाप्रति ध्यान नदिएको र रेफ्री पनि प्रतियोगिताको स्तरअनुसारको नभएको बताएका हुन् ।

उक्त खेलको ८०औँ मिनेटमा पोखराले गोललाइनबाट क्लियर भएको बलले गोलको मान्यता नपाउँदा पोखराको टेक्निकल जोन आक्रोशित भएको थियो । त्यसको दुई मिनेटपछि ८२औँ मिनेटमा रेफ्री र पोखराका अफिसियलबीच विवाद हुँदा खेल तनावपूर्ण बन्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखराका टिमबाट सुन्दर थापाले गोललाइन बललाई गोल मान्यता नदिएको भन्दै फोर्थ अफिसियल उमेश बिडारीसँग विवादमा उत्रिँदा खेल करिब पाँच मिनेट तनावपूर्ण बनेको हो । बिडारी र थापाबीच धक्कामुक्कीको स्थिति बन्दा छुट्याउन पुगेका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रलाई समेत थापाले तानेर पोखराको टेक्निकल लाइननजिक भुइँमा लडाएका थिए ।

“के भन्ने अब यति राम्रो टुर्नामेन्ट भइरहेको छ एउटा स्ट्यान्डर्डको एउटा लेभलको त्यो अनुसारको अझै रेफ्रीहरू भइदिँदा यति राम्रो स्ट्यान्डर्ड एनएसएलमा एउटा गरिमामय अझै राम्रो हुन्थ्यो कि मलाई लाग्छ । एउटा सानो मिस्टेकले गर्दाखेरि हाम्रो क्लबको इन्भेस्टमेन्ट रेपुटेसन सबै र तपाईंको दुई तीन करोडको घाटा हुन्छ,” प्रशिक्षक श्रेष्ठले भने, “तपाईंहरूले तालिकामा र अरु अरु टिमको फिक्सचर हेर्दा तपाईंहरूले आफैँ केही हदसम्ममा फिल गर्न सक्नुहुन्छ ।”

प्रतियोगितामा पोखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि पहिलो खेलमा एफसी चितवनसँग २–० ले पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  २३:४०
प्रतिक्रिया दिनुहोस्