site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्कटल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलामा नेपाली राष्ट्रिय टिमले आज घरेलु टिमको सामना गर्दै छ ।

शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीन पटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रो पटकमा जित निकालेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र अहिलेसम्मको एकमात्र खेल हो ।

यता, स्कटल्यान्डको पनि जारी शृंखलामा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो ।

स्कटल्यान्डको ग्लासगोमा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ । आइतबारदेखि सुरु भएको शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्