
काठमाडौं । स्पेनिस क्लब सेभियाले अर्जेन्टिनाका माटियस अल्मेडालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । सोमबार सेभियाले अल्मेडालाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो । अल्मेडा सेभियाका पूर्वखेलाडी समेत हुन् ।
अल्मेडा टोलीमा २८ वर्षपछि प्रशिक्षकका रूपमा फर्किएका छन् । उनले सन् १९९६–१९९७ को सिजन मिडफिल्डरका रूपमा सेभियाबाट खेलेका थिए । उनले उक्त सिजन टोलीबाट २८ खेल खेलेका थिए ।
उनले अर्जेन्टिनी क्लब रिभर प्लेटबाट सन् १९९६ मा व्यावसायिक खेल करियर सुरु गरेका थिए । उनले २०११ मा रिभर प्लेटबाट नै खेलाडी करियर अन्त्य गरेका थिए । त्यसपछि उनले प्रशिक्षण यात्रा थालेका थिए ।
५१ वर्षीय अलमेडाले पछिल्लो समय ग्रीक क्लब एक इथेन्समा दुई वर्षका निम्ति जिम्मेवारी सम्हालेका थिए । उनले क्लबलाई पहिलो सिजनमै दुई घरेलु लिगको उपाधि दिलाएका थिए ।