site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंक तथा वित्तीय संस्थामा निक्षेप हालसम्मकै उच्च, बढेर ७० खर्ब पुग्यो
फाइल तस्बिर ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन बढेर ७० खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थामा निक्षेप ६९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यो निक्षेप रकम हालसम्मकै उच्च हो ।

कुल निक्षेपमा वाणिज्य बैंककको ६२ खर्ब ५८ अर्ब रुपैयाँ छ । अन्य बैंक तथा वित्तीय संस्थाको सात खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंक तथा वित्तीय संसस्थामा अहिले भएको निक्षेप रकम नेपालको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी)भन्दा बढी छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, नेपालको जीडीपीको आकार ६१ खर्ब सात अर्ब छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप परिचालन बढ्दै गएको छ भने सोहीअनुसार कर्जा प्रवाह हुन सकेको छैन ।
बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । जसमा वाणिज्य बैंकको ४९ खर्ब ४५ अर्ब र अन्य वित्तीय संस्थाहरूको ६ खर्ब १९ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । निक्षेपअनुसार कर्जा प्रवाह नभएपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.३९ प्रतिशत छ । 

बैंक तथा वित्तीय संस्थाहरूसँग सात खर्ब रुपैयाँ भन्दा बढी लगानीयोग्य पुँजी (तरलता) छ । कर्जाको माग बढ्न नसक्दा बैंकहरूमा अधिक तरलता छ । ब्याजदर घटेर एकल अंकमा आउँदा पनि लगानीकर्तामा विश्वास नबढ्दा कर्जाको माग बढेको छैन । यसबीच ठूला लगानी उद्योगलगायत अन्य परियोजना आएका छैनन ।

राष्ट्र बैंकका अनुसार, वार्षिक विन्दुगत आधारमा बैंकको निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.४ प्रतिशत छ । 

बैंकहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले विभिन्न वित्तीय औजार प्रयोग गरेर चार खर्ब रुपैयाँभन्दा बढी प्रसोचन गरिसकेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्