site stats
बाह्रखरी :: Baahrakhari
विदेश
संयुक्त राष्ट्रसंघले भन्यो– इजरायली सेनाले १५ प्यालेस्टिनी चिकित्सकको हत्या गरेर एकै ठाउँमा पुर्‍यो 

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)ले आइतबार इजरायली सेनाले १५ प्यालेस्टिनी चिकित्सक तथा आपतकालीन उद्धारकर्ताहरूलाई दक्षिणी गाजामा गोली हानेर हत्या गरेको बताएको छ । 

हत्या गरिएका १५ जनालाई सामूहिक रूपमा एकै ठाउँमा पुरेको यूएनको आरोप छ । यूएनको यो आरोपलाई गम्भीर मानिएको छ । यूएनले सकेसम्म अरुलाई  प्रत्यक्ष दोष लगाउँदैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यूएनका मानवीय सहयोग प्रमुख टोम फ्लेचरले सामाजिक सञ्जाल एक्समा लेख्दै १५ प्यालेस्टिनी चिकित्सक तथा आपतकालीन उद्दरकर्ताहरू ज्यान बचाउने प्रयासमा इजरायली सेनाद्वारा मारिएको बताएका छन् । उनले यस विषयमा इजरायलको जवाफ र मृतकहरूप्रति न्याय माग गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

रेड क्रिसेन्ट, अन्तर्राष्ट्रिय रेड क्रस कमिटी र संयुक्त राष्ट्रसंघले मारिएका सबै व्यक्तिहरू मानवीय कार्यकर्ता भएको र उनीहरूलाई लक्षित गरेर कहिल्यै आक्रमण गर्न नहुने बताएको छ । रेड क्रिसेन्टले यो घटनालाई हत्या र युद्ध अपराध भएको भन्दै जिम्मेवारी लिन माग गरेको छ ।

तर, इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल नादाभ शोशानीले सोमबार सामाजिक सञ्जाल एक्समा मारिएकाहरूमध्ये नौजना प्यालेस्टिनी उग्रवादी भएको दाबी गरे । उनका अनुसार इजरायली सेनाले एम्बुलेन्समा आक्रमण गरेको नभएर केही गाडीहरू अँध्यारोमा हेडलाइट वा इमर्जेन्सी सिग्नल नबाली इजरायली सैनिक क्षेत्रतर्फअगाडि बढ्दै गरेकाले सेनाले गोली चलाएको बताएका छन् । 

इजरायली सेनाका प्रवक्ताले जवाफ दिँदै यूएनका अधिकारीहरूले ती गाडीहरूमा उद्धारको वाहन भनेर स्पष्ट चिह्नहरू राखिएको भन्दै इजरायली सेनाका दाबी खारेज गरेका छन् । द न्यूयोर्क टाइम्स

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्