site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सर्जकहरू शर्मा, श्रेष्ठ र ढकाल सम्मानित

काठमाडौं । जलरिका साहित्य प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गर्दै ‘बुद्धि–रेशम स्रष्टा सम्मान–२०८२’ बाट तीन साहित्यकारलाई सम्मानित गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध आख्यानकार डा. ध्रुवचन्द्र गौतमले अग्रज चित्रकार हरिप्रसाद शर्मा, समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र आख्यानकार नारायण ढकाललाई स्रष्टा सम्मानबाट सम्मानित गरे । सम्मानका साथ नगद राशि जनही एक–एक लाख रुपैयाँ प्रदान गरियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सर्जकहरूलाई सम्मानित गर्दै प्रमुख अतिथि डा. गौतमले प्रतिष्ठानले योगदानका आधारमा स्रष्टालाई सम्मानित गर्दै आएको बताए । 

कार्यक्रममा प्रा.डा. ज्ञानू पाण्डे, सुलोचना मानन्धर र पुरुषोत्तम सुवेदीले सम्मानित व्यक्तित्वको परिचय प्रस्तुत गरे भने सम्मानित सर्जकहरूले यो सम्मानले आफूहरूलाई आफ्नो कर्ममा अझै अगाडि बढिरहन उर्जा प्रदान गरेको बताए । 

प्रतिष्ठानकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठले नेपाली चित्रकला, समालोचना र आख्यान साहित्यका मूर्धन्य व्यक्तित्वहरूलाई सम्मानित गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्