site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानी भूभागबाट दुईटा रकेट क्षेप्यास्त्र प्रहारपछि इजरायलले गर्यो लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण

काठमाडौं ।  इजरायलले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण शुरु गरेको वाशिङ्टन पोष्टले जनाएको छ । 

इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलाबाट इजरायली सीमाबाट केही माइल टाढा कफर तिबेत शहरमा तीन जनाको मृत्यु र १८ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्ष इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति भएपछि लेबनाको राजधानीमा यो पहिलो हवाई हमला हो।

लेबनानी भूभागबाट दुईटा रकेट क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्टपछि इजरायली सेनाले जवाफी कार्वाही गरिएको बताइएको वाशिङ्टन पोष्टले जनाएको छ । शुक्रवार दिउँसो इजरायली सेनाले जवाफी आक्रमणको चेतावनी दिएको थियो। त्यसपछि इजरायली सेनाले दक्षिणी लेबनानको हदथ क्षेत्रमा रहेको एक भवनलाई हिजबुल्लाहको आस्य्रस्थलको संज्ञा दिई आक्रमण गर्ने चेतावनी दिएपछि स्कूल जाने बच्चाहरू लगायत अन्य मानिसहरु सुरक्षित स्थान सम्म जान सडकमा हतारिदै आएका थिए। लेबनानी शिक्षा मन्त्रालयले आकस्मिक आदेश जारी गरेर क्षेत्रभरिका सबै स्कूलहरू बन्द गर्न आग्रह गरेको थियो।

लेबनानबाट प्रहार गरिएका दुई प्रक्षेपणमध्ये एक इजरायलले अवरोध गर्यो भने अर्को लेबनानकै भूभागमै खसेको थियो। तर हिजबुल्लाहले आफूले रकेट प्रक्षेपण नगरेको बताएको छ।  हिजबुल्लाहले इजरायल सँगको युद्धविराम सम्झौतामा आफू कायम रहने बताएको छ।

यसै बीच लेबनानको हिजबुल्लाह समूहका नेता नाइम कासिमले शनिबार इजरायलले लेबनानमा आक्रमण जारी राखे र लेबनानी सरकारले यसलाई रोक्न कदम नचालेमा अन्य विकल्पहरू अपनाउन बाध्य हुने चेतावनी दिएको अमेरिकी टेलिभिजन सीबीसी न्युजले जनाएको छ। 

नाइम कासिमको यो बयान इजरायलले लेबनानी राजधानी बेरुतमा गत नोभेम्बरमा युद्धविरामपछि पहिलो पटक हवाई हमला गरेपछि आएको हो। इजरायली अधिकारीहरूतर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro