site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा सांसद दीपक बोहोराको निधन 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ । 

काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार (चैत १९) उनको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

उनले ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–३ बाट बालकृष्ण खाँणलाई पराजित गरेका थिए । कोरोनापछि उनको घाँटीमा समस्या आएको थियो ।

बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलोचोटि बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रुपन्देहीबाट सदस्य निर्वाचित भएका थिए । उनी ०४३ मा पनि रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।

उनी ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा रुपन्देही–२ बाट निर्वाचित भएका थिए । ०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बनेका थिए । त्यसपछि विस्तारै उनी राज्यमन्त्री हुँदै मन्त्री बनेका थिए । उनी ०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री बने ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro