site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानमारका भूकम्पपीडितलाई अमेरिकाद्वारा दुई मिलियन डलर सहयोग

काठमाडौं । अमेरिकाले भूकम्पबाट प्रभावित म्यानमारलाई दुई मिलियन डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । यससँगै अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडीको एउटा सानो आपतकालीन प्रतिकार्य टोली म्यानमारको भूकम्पपछिको अवस्था आंकलन गर्न खटिएको छ ।

 तर, सोमबार बिहानसम्म पनि उक्त टोली म्यानमार प्रवेश गरिनसकेको अधिकारीहरूले बताएको एबीसीन्युजले जनाएको छ ।

शुक्रबार गएको विनाशकारी भूकम्पमा परी म्यानमारमा हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हजारौँ व्यक्ति भग्नावशेषमा पुरिएको अशंका गरिएको छ । 

चीन, रूसलगायत देशका अन्तर्राष्ट्रिय टोलीहरूले म्यानमार पुगिसकेका छन् ।

सन् २०२३ मा मोरोक्को भूकम्पको केही घण्टापछि नै यूएसएआईडीको विपद् सहयोग प्रतिकार्य  टिम (डार्ट) परिचालन भएको थियो । त्यही वर्ष लिबियामा भयानक बाढी आएको दिनमा डार्ट टोली परिचालन भएको थियो । त्यही वर्ष टर्की र सिरियामा ठूलो भूकम्प जाँदा पनि घटनाको केही घण्टभित्रै डार्ट टोली खटिएको थियो । एबीसीन्युज

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro