site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘महाभोज’ जेठ १५ मा रिलिज हुने 

काठमाडौं । चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते बिहीबार रिलिज हुने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर यो चलचित्र प्रदर्शनमा आउने भएको हो । 

आज पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति तोकेको हो । पोस्टरमा प्रमुख कलाकारहरू फिचर्ड छन् । 

पोस्टरमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत अटाएका छन् । 

सामाजिक तथा यथार्थपरक ‘महाभोज’ चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । चलचित्रमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिकासँगै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय रहेको छ ।

क्लकवर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भइरहेको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro