site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्रिप्टोकरेन्सीको राष्ट्रिय भण्डारण गर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिटक्वाइन क्रिप्टोकरेन्सीका निम्ति रणनीतिक ‘रिजर्भ’ स्थापना गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशसँगै अमेरिकाले ‘ब्लकचेन’ सम्पत्ति मानिने क्रिप्टोको राष्ट्रिय भण्डार गर्ने भएको हो ।

ह्वाइट हाउसका एआई एवं क्रिप्टो जार डेभिड स्याक्सले फौजदारी वा सिभिल कारबाहीबाट जफत गरिएको क्रिप्टोलाई संघीय सरकारको क्रिप्टोकरेन्सी रिजर्भमा राखिने बताएका छन् । अमेरिकाले रिजर्भमा जम्मा गरेको कुनै पनि बिटक्वाइन नबेचिने र सम्पत्तिका रूपमा राखिने उनले बताए ।

ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा गर्न लागेको पहिलो क्रिप्टो सम्मेलनमा थप विवरण सार्वजनिक गरिनेछ । अमेरिकी सरकारसँग यसअघि नै १७.५ अर्ब अमेरिकी डलरबराबरको दुई लाख बिटक्वाइन छ ।

ट्रम्पको घोषणापछि बिटक्वाइन, इथरियम, एक्सआरपी, सोलाना र कार्डानोलगायत क्रिप्टोकरेन्सीको मूल्य बढेको छ ।

विभिन्न देशले वित्तीय जोखिमबाट बच्न राष्ट्रिय सम्पत्तिको रणनीतिक भण्डार गर्छन् । अमेरिकासँग पेट्रोलियमको पनि भण्डार छ । क्यानडासँग मेपल सिरपको भण्डार छ । रोयटर्सबाट ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro