अर्थ व्यवसाय
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवर्द्धक र माछापुच्छ्रे क्यापिटल व्यवस्थापक रहेको एमबीएल इक्विटी फन्डमा आवेदन खुलेको छ । १२ करोड इकाईमध्ये एक करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्कासनमा ल्याइएको हो ।
१२ वर्षे बन्दमुखी योजनामा आज (फागुन २२ गते) देखि बिक्री खुला भएको हो । अंकित मूल्य १० रुपैयाँ बराबरको यस फन्डमा मेरो सेयरमार्फत आवेदन दिन क्यापिटलले आह्वान गरेको छ ।
न्यूनतम १०० इकाई तथा अधिक एक करोड २० लाख इकाईका लागि आवेदन दिन सकिने छ ।
फण्डमा छिटोमा फागुन २६ र ढिलोमा चैत ७ भित्र आवेदन दिइसक्नुपर्नेछ । बन्दमुखी यो योजना दोस्रो बजारमा सूचीकृत भइ करोबारमा आउनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १२:४१
प्रतिक्रिया दिनुहोस्