देश

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ ०२:५७
प्रतिक्रिया दिनुहोस्