site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेसँगै घट्यो कारोबार रकम, १७औँ दिन पनि बढ्यो गार्डियन माइक्रोको सेयर मूल्य  

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २.२७ अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ ।

यस दिन १० अर्ब १० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार १० अर्ब ९७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १७ कारोबार दिनदेखि बढिरहेको छ । यो दिन सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ६७२ रुपैयाँ २० पैसा कायम भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ ।

आज ९९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३२ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूचक बढेको छ । अरू समूहको परिसूचक घटेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro