site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्धबाट भागेर अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनीलाई निष्कासन गर्दै ट्रम्प 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्धबाट भागेका युक्रेनीहरुलाई बस्नका लागि दिइएको कानुनी सुविधा खारेज गर्ने योजना बनाएका छन् ।
 
ट्रम्पको यो योजनाबारे उनको प्रशासनका एक वरिष्ठ अधिकारी र यस विषयमा जानकार तीन स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ ।

ट्रम्पले अप्रिल महिनामा नै यो कदम चाल्नसक्ने बताइएको छ । ट्रम्प प्रशासनको कदम यसअघिका राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनीहरूलाई स्वागत गर्न खोजेको ठिक विपरीत हो ।

यो निर्णयपछि युद्धबाट भागेर अमेरिकामा आएका करिब दुई लाख ४० हजार युक्रेनीलाई निष्कासन गर्न ट्रम्प प्रशासनलाई सहयोग पुग्ने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro