site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच सयभन्दा बढी कारहरूसहित नेपालमा प्रभुत्व जमाउँदै  नामी

काठमाडौं । डोङफेङ नामी, बिग ह्याच विद फाइभ–स्टार लक्जरीले नेपालमा ५०० भन्दा बढी कारहरूको बिक्री गरेको छ । परम्परागत कार लन्चभन्दा फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा अभूतपूर्व फेसन सो–थिम कार्यक्रममार्फत डेब्यु गरेको हो । 

ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम अपिल प्रदर्शन गरेको कम्पनीको दाबी छ । कार्यक्रमले दर्शकहरूमा स्थायी छाप छोड्दै उनीहरूलाई यातायातको भविष्यलाई अँगाल्न प्रेरित गर्‍यो ।

नामीले यो अविश्वसनीय उपलब्धि मनाउँदै गर्दा यस ब्रान्डले एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन समारोहमा अर्को माइलस्टोन हासिल गरेको जनाएको छ ।

एक विशेष समारोहमा पाँचजना ग्राहकहरूलाई ब्रान्ड–न्यु नामी गाडीहरूको साँचो हस्तान्तरण गरिएको थियो । देशभरि पहिले नै ५०० भन्दा बढी नामी कारहरू गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा दृढतापूर्वक स्थापित गरेको छ ।

नेपालको सडकहरूमा नामी कारहरूको संख्या बढ्दै जाँदा ब्रान्डले देशलाई स्मार्ट, थप स्टाइलिस र दिगो भविष्यतर्फ डोर्‍याइरहेको जनाएकाे छ । नामीका लागि यो केवल एउटा माइलस्टोन मात्र नभई नेपालको ईभी परिदृश्यमा नयाँ युगको सुरुवात भएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro