site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाबालिका बलात्कारको आरोपमा नेकपा एसका गण्डकी उपाध्यक्ष पक्राउ

पोखरा । घरैमा काम सघाउन राखिएकी नाबालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् ।
 
स्याङ्जाको पुतलीबजार नगरपालिका १४ का ५१ वर्षीय गिरीलाई पक्राउ गर्न भन्दै कास्की प्रहरीले स्याङ्जा प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ परेका उनलाई मंगलबार कास्की ल्याइएको छ । 

उनीमाथि ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

बयानका क्रममा पीडित बालिकाले अघिल्लो वर्षदेखि नै करणी र हिंसा भएको खुलाएकी छिन् ।

गिरी केही महिनाअघि मात्र एकीकृत समाजवादी पार्टी स्याङ्जाको अध्यक्ष बनेका थिए भने माघ अन्तिममा मात्र गण्डकीको उपाध्यक्ष बनेका हुन् ।

पोखरामा उनी परिवारका सदस्यका साथ बस्ने गर्थे । त्यहीबेला उनले ती नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro