विदेश
महाराष्ट्र । भारतको महाराष्ट्रको भण्डारा जिल्लामा अवस्थित म्याङ्गनीज ओर इन्डिया लिमिटेड (एमओआइएल) को स्वामित्वमा रहेको चिखला खानीमा स्ल्याब भत्किँदा दुई कामदारको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि उपजिल्ला अस्पतालमा राखिएको जिल्ला विपद् व्यवस्थापन कक्ष (डीडीएमसी)ले जनाएको छ । यसैबीच, घाइते कर्मचारीलाई उपचारका लागि भण्डारा जिल्लाको लक्ष्य अस्पताल पठाइएको छ ।
मृत्यु हुनेमा ५० वर्षीय विजय नन्दलाल र ४१ वर्षीय अरुण जीवनलाल चोरमार रहेको विपद् व्यवस्थापन कक्षले जनाएको छ । घाइते श्रमिक शंकर सहदेव विश्वकर्मा रहेका छन् । तीनैजना कामदार खानीमा स्थायी कर्मचारी हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ २३:४२
प्रतिक्रिया दिनुहोस्