site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानमा आधा शताब्दीयताकै भीषण डढेलो
तस्बिर : सीएनएन

जापान । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । उत्तरी सहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कारण एकजनाको मृत्यु हुनुका साथै करिब चार हजार बासिन्दा खाली गर्न बाध्य भएका छन् । 

यसले लगभग दुई हजार ९०० हेक्टर (म्यानहट्टनको लगभग आधा आकार)लाई सखाप पारेको छ र यो सन् १९७५ होक्काइदोमा दुई हजार ७०० हेक्टर जलेको डढेलोपछिको सबैभन्दा ठूलो डढेलो हो ।

एएफपीका संवाददाताका अनुसार बुधबार भएको हल्का वर्षा र हिउँका कारण पहाडहरूबाट सेतो कुहिरो निस्केको देखिएको थियो । बिहीबारसम्म थप पानी पर्ने अनुमान गरिएको छ । 

डढेलो निभाउन संघर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउँको हल्का वर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ । 

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढेसँगै जापानमा गत वर्ष अहिलेसम्मकै सबैभन्दा बढी गर्मी भएको थियो ।रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro