site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली बन्धकहरूको रिहाइलाई लिएर ट्रम्पले हमासलाई दिए कडा चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयलाई लिएर हमासलाई अन्तिम चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले लेखेका छन्, “म इजरायललाई काम सम्पन्न गर्न आवश्यक सबै कुरा पठाउँदै छु । यदि, उनीहरूले मेरो कुरा मानेनन् भने, हमासका एकजना पनि सदस्य सुरक्षित हुने छैनन् ।”

Argakhachi Cement Island Ad

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि यो खबर आएको हो ।

ट्रम्पले बन्धकहरूलाई रिहा नगरे इजरायलले ठूलो मूल्य चुकाउने चेतावनी दिएका छन् । यद्यपि, उनले इजरायललाई कस्तो सहयोग पठाउँदैछन् भनेर स्पष्ट पारेका छैनन् । 

उनले आफ्नो पोस्टमा लेखेका छन्, “सबै बन्धकहरूलाई अहिले नै रिहा गर, पछि होइन र तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकियो ।”

उनले यो चेतावनी अन्तिम भएको भन्दै नेतृत्वलाई गाजा छोड्ने समय आएको बताएका छन् । 

उनले गाजाका जनताले सुन्दर भविष्य पर्खिरहेको तर बन्धक बनाइरहे त्यो सम्भव नरहेको भन्दै धम्क्याएका छन् । 

ट्रम्पको यो पोस्ट ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्