site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । पहिलो सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध चार विकेटको जित निकाल्दै साविक उपविजेता समेत रहेको भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

भारतको जितमा विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । उनले ९ बलमा पाँच चौका प्रहार गरे । श्रेयस ऐयरले ४५ र केएल राहुलले ४२ रन थपे । यस्तै, ओपनर हार्दिक पन्ड्या र कप्तान रोहित शर्माले समान २८ रन जोडे । अक्षर पटेलले २७ रन बनाए ।

अस्ट्रेलियाका नाथन इल्स र एडम जाम्पाले समान दुई विकेट लिए । बेन ड्वारसुईस र कुपर कोनोलीले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६४ रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । उनले ९६ बलमा चार चौका र एक छक्का प्रहार गरे । एलेक्स क्यारीले ६१ रन थपे । उनले ५७ बलमा आठ चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, ओपनर ट्राभिस हेडले ३९ रन थपे । मार्नुस लाबुसचेन्जले २९, बेन ड्वारसुइसले १९ र जस इंग्लिसले ११ रन जोडे । नाथन एलिसले १० रन बनाए ।

भारतका मोहम्मद सामीले तीन विकेट लिए । रविन्द्र जडेजा र रविन्द्र जडेजाले समान दुई विकेट लिँदा अक्षर पटेल र हार्दीक पन्ड्याको नाममा एक विकेट रह्यो ।

जितसँगै फाइनलमा स्थान बनाएको भारतले अब उपाधिका निम्ति न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro