
काठमाडौं । इन्ज्युरी समयमा आरबी लाइपजिगले बराबरी गोल फर्काएपछि बुन्डेसलिगा च्याम्पियन बन्ने बायर्न म्युनिखको लक्ष्य एक साता पछाडि सरेको छ ।
शनिबार राति रेडबुल एरिनामा खेलको इन्ज्युरी समयअघिसम्म बायर्नले ३–२ को अग्रता बनाएको थियो । तर, इन्ज्युरी समयमा लाइपजिगका युसुफ पोल्सेनले गोल फर्काएपछि चार खेलअगावै लिग च्याम्पियन बन्ने बायर्नको सपना एक साता पछाडि धकेलिएको हो ।
रेडबुल एरिनामा पाहुना टोली बायर्नका निम्ति एरिक डियर, माइकल ओलिसे, लिरोय सानेले गोल गरे । लाइपजिगका बेन्जामिन सेस्को, लुकास क्लोस्टरम्यान, युसुफ पोल्सेनले गोल गरे ।
खेलको ११औँ मिनेटमा सेस्कोको गोलमार्फत लाइपजितले अग्रता लिएको थियो । ३९औँ मिनेटमा क्लोस्टरम्यानले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा एक मिनेटभित्र दुई गोल गर्दै बायर्न खेलमा फर्किएको थियो । बायर्नबाट डियरले ६२औँ र ओलिसेले ६३औँ मिनेटमा गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।
सानेले ८३औँ मिनेटमा गोल गर्दा बार्यन ३–२ ले अगाडि बढेको थियो । तर, इन्ज्युरी समयमा पोल्सेनले गोल गर्दै लाइपजिगलाई हारबाट जोगाए ।
यो नतिजासँगै ३२ खेलमा ७६ अंक जोडेको बायर्न शीर्ष स्थानमा कायम छ । लाइपजिग समान खेलबाट ५० अंकका साथ पाँचौँ स्थानमा छ ।