
काठमाडौं । पहिलो हाफमा डेक्लान राइसले दिलाएको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिगमा आर्सनल बर्नमाउथविरुद्ध घरमै पराजित भएको छ । शनिबार राति इमिरेट्स रंगशालामा ६० हजार घरेलु समर्थकमाझ आर्सनललाई बर्नमाउथले २–१ ले निराश बनाएको हो ।
आर्सनलका डेक्यान राइसले ३४औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफसम्म १–० को अग्रतामा राखेका थिए । ६७औँ मिनेटमा डिन हुइसेनको गोलबाट बर्नमाउथ खेलमा फर्कियो । ७५औँ मिनटमा एभालिसनले गोल गरेपछि बर्नमाउथले २–१ को पुनरागमन जित निकाल्यो ।
जारी सिजन प्रिमियर लिगमा बर्नमाउथको यो १४औँ जित हो । जितसँगै तालिकाको आठौँ स्थानमा उक्लिएको बर्नमाउथले ३५ खेलबाट ५३ अंक जोडेको छ ।
समान खेलबाट ६७ अंकको आर्सनल दोस्रो स्थानमा छ । चार खेलअगावै प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुल ३४ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा छ ।