
काठमाडौं । कप्तान लियोनल मेसी र लुइस स्वारेजको गोलप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा न्युयोर्क रेड बुल्सविरुद्ध ४–१ को सहज जित निकालेको छ ।
आइतबार बिहान घरेलु मैदान चेज रंगशालामा मियामीलाई जित दिलाउन फाफा पिकाउल्ट, मार्सेलो वेगान्ट, लुइस स्वारेज र लियोनल मेसीले गोल गरे । पाहुना टिमका मोहम्मद सोफोले एक गोल फर्काएका थिए ।
खेलको नवौँ मिनेटमा पिकाउल्टको गोलमा मियामीले अग्रता बनाएको थियो । ३३औँ मिनेटमा वेगान्टले घरेलु टिमको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा स्वारेजले गोल गरेपछि मियामी अग्रता ३–० ले अगाडि थियो । ४३औँ मिनेटमा सोफोले रेड बुल्सबाट एक गोल फर्काए । ६७औँ मिनेटमा मेसीले गोल गरेपछि मियामीले ४–१ को जित पक्का गर्यो ।
जारी सिजन मियामीको यो छैटौँ जित हो । १० खेलबाट २१ अंक जोडेको मियामी एमएलएस इस्टर्न कन्फेरेन्सको चौथो स्थानमा छ । समान खेलबाट १४ अंकको रेड बुल्स तालिकाको नवौँ स्थानमा छ ।