site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमबियूएसटीद्वारा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना

काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले "विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम" शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आज काठमाडौंमा आयोजना गर्ने भएको छ।

उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी हुनेछन् । उनीहरूले विश्वविद्यालयको दीर्घकालीन भिजन, रणनीति र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नका लागि आवश्यक पहलहरूबारे छलफल गर्नेछन्।

विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीका अनुसार सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु र नवस्थापित विश्वविद्यालयको प्रभावकारी सञ्चालनका लागि व्यापक समर्थन जुटाउनु हो। उनका अनुसार हालसम्म रु. १ करोड २५ लाख बराबरको आर्थिक सहयोग संकलन भइसकेको छ।

एमबियूएसटी विशेष विश्वविद्यालय सञ्चालन ऐनमार्फत स्थापना भएको हो। हाल विश्वविद्यालयमा ३४ जना स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थी अध्ययनरत छन्।

सम्मेलनमा प्रमुख वक्ताको रूपमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा एमबियूएसटीका ट्रस्टी प्रो. सीरम रामकृष्णले सम्बोधन गर्ने छन्।

सम्मेलनमा करिब ४०० सहभागीहरू र ३० भन्दा बढी वक्ताहरूको उपस्थिति रहनेछ । आयोजकका अनुसार यस सम्मेलनले एमबियूएसटीलाई नवप्रवर्तनशील, अन्तर्राष्ट्रिय रूपमा सञ्जाल विस्तार गर्ने र भविष्यमा विश्वस्तरीय शैक्षिक संस्था बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro