site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तान फुटबलमाथिको निलम्बन फुकुवा 

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको निलम्बन फुकुवा गरेको छ । पीएफएफको नयाँ विधानका संशोधित बुँदाहरूलाई एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले पारित गरेसँगै फिफाले निलम्बन फुकुवा गरेको हो ।

“फिफाको ब्युरो काउन्सिलले मार्च २ मा पाकिस्तानी फुटबल फेडेरेसन (पीएफएफ) माथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ,” फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि, फिफाले सन् २०२५ को फेब्रुअरी ६ मा पीएफएफलाई निलम्बन गरेको थियो ।

पाकिस्तानी फुटबल फिफाबाट निलम्बनमा परेको यो पहिलोपटक भने होइन । यसअघि, फिफाले सन् २०१७ मा पहिलोपटक र सन् २०२१ मा दोस्रोपटक पाकिस्तानी फुटबललाई निलम्बन गरेको थियो ।

“पाकिस्तानी फुटबललाई निरन्तर सहयोग गरेको एएफसी र फिफालाई धन्यवाद । र, पाकिस्तानी फुटबल समुदायलाई हार्दिक बधाई,” निलम्बन फुकुवा भएपछि पीएफएफले सामाजिक सञ्जालमा लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro