
काठमाडौं । पाकिस्तानले अब्दाली हतियार प्रणालीको सफल प्रशिक्षण परीक्षण गरिएको दाबी गरेको छ । यो जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र हो । यसले ४५० किलोमिटरसम्मको लक्ष्यलाई निसाना बनाउन सक्छ ।
बीबीसी उर्दुका अनुसार, पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो क्षेप्यास्त्र प्रक्षेपणको उद्देश्य सैनिकहरूको तयारी निश्चित र यसको प्राविधिक विशेषताको परीक्षण गर्नु थियो ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुखले त्यसमा सहभागी सैनिक, वैज्ञानिक र इन्जिनियरहरूलाई बधाई दिएका छन् ।
जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा छ ।
दुवै देशका राजनीतिक नेतृत्वले एकार्कालाई कडा चेतावनी र उचित जवाफी कारबाही गर्ने धम्की दिइरहेका छन् । बीबीसी हिन्दीबाट ।