site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामाथि श्री भगवतीको सहज जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखाले झापा फुटबल क्लबविरुद्ध सहज जित निकालेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा श्री भगवती क्लबले झापाविरुद्ध २–० को सहज जित निकालेको हो ।

श्री भगवतीको जितमा अजित लामा र विक्रान्त नर्सिहं लामाले समान एक गोल गरे । खेलको ६५औँ मिनेटमा श्री भगवतीका विक्रान्तले टोलीलाई अग्रता दिलाए । ७९औँ मिनेटमा अजितले अग्रतालाई दोब्बर बनाउँदै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै लिगको दोस्रो शीर्ष टोली श्री भगवतीले आफनो अपराजित यात्रा कायम राख्दै २१ अंक बनाएको छ । श्री भगवतीले आफ्नो छैटौँ जित निकाल्दै कुल नौ खेलमा ६ जित र तीन  बराबरीसहित २१ अंक बनाएको छ । भगवतीको यो नतिजा लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडसँग एक अंकले मात्र कम हो ।

पराजित झापा भने चौथो हार व्यहोर्दै कुल नौ खेलमा चार पराजय, दुई जित र तीन बराबरीबाट नौ अंकमा सीमित छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro