site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलम्पियन भगवतीलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ दिइने

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘नवौँ पोखरा स्पोट्र्स अवार्ड २०८१’ मा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई प्रदान गरिने भएको छ ।

आफ्नो जीवनको अधिकांश समय नेपाली खेलकुदको विकास र उन्नयनमा लागि पर्ने व्यक्तिलाई सो अवार्डबाट सम्मान गर्ने गरिएको छ । यस वर्षको अवार्ड केसीलाई प्रदान गर्नका लागि प्रतिभा छनोट समितिले सिफारिस गरेको थियो ।  खत्रीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो सम्मान अर्पण गरिने मञ्चका अध्यक्ष एमबीआस्था मगरले जानकारी दिए ।

बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक जितेकी छन् । नवौँ राष्ट्रिय प्रतियोगितामा प्रथम, १२औँ राष्ट्रिय सुटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला सुटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाँचौँ राष्ट्रिय प्रतियोगितामा द्वितीय र १२औँ राष्ट्रिय सुटिङ प्रतियोगितामा ‘बेस्ट प्लेयर’को उपाधि प्राप्त गरेकी थिइन् ।

यसैगरी अन्तर्राष्ट्रियतर्फ सिड्नीमा भएको २७औँ ओलम्पिक खेलकुदमा सहभागी भएर राष्ट्रिय कीर्तिमानी समेत कायम गरेकी छन् । विभिन्न सातवटा संस्करणका एसियन गेममा सहभागितालगायत साफ च्याम्पियन र अन्तर्राष्ट्रिय सुटिङ प्रतियोगितामा सहभागी भएकी छन् । खत्रीले २०५१ सालदेखि गण्डकी प्रदेशमा सुटिङ प्रशिक्षकका रूपमा खेलाडीलाई निःशुल्क प्रशिक्षण समेत गराउँदै आएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro