site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिगामीलाई गतिलो जवाफ दिइन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासलाई पछाडि फर्काउने खोज्ने प्रतिगामीलाई गतिलो जवाफ दिइने बताएका छन् । शनिबार (वैशाख २०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यथास्थितिवादी र प्रतिगामीले इतिहासलाई पछाडि फर्काउने र प्राप्त उपलब्धिलाई खोस्ने दुस्साहस गरेको भन्दै गतिलो जवाफ दिइने बताएका हुन् ।

हाल सडक र सदनबाट माओवादीले खबरदारी गरिरहेको र आवश्यक परे ठूलो आन्दोलन समेत गर्ने उनले उल्लेख गरे । समग्रमा सबैतर्फ माओवादीको गतिशीलता र जनताको विश्वास पनि बढ्दै गएको भन्दै उनले आफ्नै खुट्टामा आउँदो निर्वाचन लड्ने आधार तयार भइरहेको टिप्पणी गरे ।

सामाजिक सञ्जालमा माओवादी एक नम्बरतिर उकालो लाग्दै गरेको भन्दै उनले त्यसले जनमतलाई आकर्षित गरेको बताए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro