site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्रिगेडविरुद्ध ब्वाइज युनियनको संघर्षपूर्ण जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लबले ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा ब्वाइज युनियनले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै ३–० को अग्रता बनायो ।

२९औँ मिनेटमा टोलीका दोर्जै तामाङले अग्रता दिलाए । ६६औँ मिनेटमा सुजीत बुढाथोकीले अग्रता दोब्बर बनाए । ७१औँ मिनेटमा मिलन लिम्बूले गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्‍याए । यसको १५ मिनेटको अन्तरालमा बिग्रेडले दुई गोल फर्कायो ।

७९औँ मिनेटमा रोमन श्रेष्ठले टोलीको निम्ति पहिलो गोल फर्काए । ८७औँ मिनेटमा आशिष गुरुङले गोल गर्दै टोलीलाई ३–२ को अवस्थामा ल्याए । तर, आशिषको गोल टोलीका निम्ति खेलमा फर्कन पर्याप्त नभएपछि ब्वाइज युनियनले जित पक्का गरेको हो ।

जितसँगै ब्वाइज युनियनले लिगमा १५ अंक बनाएको छ । ब्वाइज युनियनले चौथो जित निकाल्दै कुल नौ खेलमा चार जित, तीन बराबरी र दुई हारसहित १५ अंक बनाएको हो । पराजित ब्रिगेड ब्वाइज भने तीन जित, तीन बराबरी र तेस्रो हारबाट १२ अंकमा सीमित छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro