देश

काठमाडौं । सरकारले शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन प्रतिनिधि तोकेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको हो ।
संघका पूर्वअध्यक्ष घलेलाई परराष्ट्र मन्त्रालयले आइतबार पत्र लेखेर सहजकर्ता तोकेको जानकारी गराएको हो । मन्त्रालयले मन्त्रीस्तरको निर्णयका आधारमा जोशीलाई तोकिएको जानकारी गराएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ २१:०२
प्रतिक्रिया दिनुहोस्