
काठमाडौं । माल्टाको तट नजिकै अन्तर्राष्ट्रिय जल क्षेत्रमा एउटा जहाजमाथि आक्रमण भएको छ । गाजा जाँदै गरेको यो जहाजमा इजरायलले आक्रमण गरेको आरोप लागेको छ ।
गैरसरकारी संस्था फ्रिडम फ्लोटिला कोएलिसनले आफ्नो जहाज, द कन्सेन्सलाई शुक्रबार बिहान निशाना बनाइएको र आक्रमण लगत्तै एसओएस सिग्नल जारी गरिएको बताएको छ ।
फ्लोटिला जहाजबाट पठाइएको यो संकटकालीन कलको रेकर्डिङ बीबीसीसँग छ । यो नजिकैको तेल ट्यांकरमा रहेका चालक दलका सदस्यले रेकर्ड गरेका थिए ।
यसमा फ्लोटिला जहाजका कप्तानले ड्रोन आक्रमण र जहाजमा भएको आगलागीको बारेमा जानकारी गराएको स्पष्ट रूपमा सुन्न सकिन्छ ।
माल्टा सरकारले जहाजमा रहेका सबै यात्रु 'सुरक्षित' रहेको र जहाजमा लागेको आगो नियन्त्रणमा ल्याइएको बताएको छ ।
गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन, नाकाबन्दी र नागरिक जहाजमा बम विस्फोटको लागि जवाफ दिन इजरायली राजदूतहरूलाई बोलाउन आह्वान गरेको छ । इजरायली सेनाले आक्रमणको अनुसन्धान गरिरहेको बताएको छ ।