site stats
बाह्रखरी :: Baahrakhari
देश
६१ लाख ठगेर फरार दुई व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ६१ लाख रुपैयाँ ठगी गरी फरार रहेका दुईजनालाई पक्राउ गरेको छ । 

काभ्रेको बनेपा घर भई हाल भक्तपुर बस्ने २० वर्षीय विशाल घिमिरे र रौतहट घर भई हाल सुन्धारा बस्ने १८ वर्षीय प्रिन्स कुमार ठगीको आरोपमा पक्राउ परेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्यार्थी भिसामा अमेरिका जान एक दिनका निम्ति बैंक ब्यालेन्स देखाउन भन्दै रकम माग गरी फरार भएको भनी परेको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

बिहीबार काठमाडौंको सुन्धाराबाट पक्राउ परेका उनीहरूलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीकोा लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्