site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङ नेविसंघ कुटपिट घटना : शेखर पक्षका तीन विद्यार्थी पक्राउ
प्रतीकात्मक तस्बिर ।

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका दुई पक्षबीच भएको कुटपिटको विवाद उत्कर्षमा पुगेको छ । बिहीबार संस्थापन र शेखर कोइराला पक्षका विद्यार्थी आपसमै मारपिटमा उत्रिएका थिए । कुटाइ खाएको शेखर पक्षीय विद्यार्थीको उजुरी लिएर पुगेको समूहमध्ये तीन विद्यार्थीलाई प्रहरीले शुक्रबार थुनेको छ ।

क्याम्पस हाताभित्र बिहीबार संस्थापन पक्षले  कोइराला पक्षका नेविसंघ जिल्ला सभापति सरोज पोखरेलसहित तीनजनालाई कुटपिट गरेको थियो । घाइते पोखरेल नोबेल मेडिकल कलेजमा उपचाररत छन् ।

कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै जाहेरी लिएर पुगेका नेविसंघ जिल्ला सचिव गुड्डु साह, संजोग गौतम र सविन‌ दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले जाहेरी नलिएपछि साहले कार्यालयभित्रै प्रदर्शन गर्न खोजेको जनाइएको छ । पछि पुगेका दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले प्रहरी कार्यालयभित्र उच्छृङ्खल गतिविधि गर्न खोजेपछि नियन्त्रणमा लिइएको बताए ।

विद्यार्थी पक्राउ परेपछि नेविसंघको कोइराला पक्षका विद्यार्थीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । बिहीबार महेन्द्र मोरङ क्याम्पसको हाताभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहितको समूहले नेविसंघ मोरङका सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र  केन्द्रीय सदस्य पूजा विश्वासमाथि कुटपिट गरेको थियो ।

जानकारी नगराई र‌ हस्तक्षेप गर्ने उदेश्यले क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको पौडेलले बताएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro