site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केआईआईटीमा मृत्यु भएकी छात्राको खुल्यो नेपालको ठेगाना, के भन्छन् वडाध्यक्ष ?

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी नेपाली छात्रा प्रिसा साहको नेपालको ठेगाना खुलेको छ । 

उनी पर्साको वीरगन्ज महानगरपालिका–१५, भिस्वा टोलकी वासिन्दा रहेको खुलेको छ । प्रिसा बिहीबार केआईआईटीको होस्टेलमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी थिइन् । 

“प्रिसा साह वीरगन्ज महानगरपालिका वडा नं. १५, भिस्वा टोलकी बासिन्दा हुन् । हामी यो घटना थाहा पाएपछि बिहीबार राति नै उनको घरमा पुगेका थियौँ । तर, घरमा उनको परिवारका कोही सदस्य भेटिएन,” वीरगन्ज–१५ का वडाध्यक्ष रमेशप्रसाद यादवले बाह्रखरीसँग भने ।
 
वडाध्यक्ष यादवका अनुसार, उनीहरू सर्लाहीबाट बसाइँ सरेर वीरगन्ज आएका हुन् । सर्लाहीको कविलासी नगरपालिकाबाट प्रिसाका अभिभावक वीरगन्ज महानगरपालिका–१५, भिस्वामा सरेका थिए ।
 
“घरमा प्रिसा साहको बुवाआमा कोही हुनु हुन्थेन । घर भाडामा दिइएको रहेछ,” वडाध्यक्ष यादवले भने, “प्रिसाको बुवाको मोबाइल नम्बरमा धेरै फोन गरियो, तर उठेन ।” 

छिमेकमा सोधपुछ गर्दा प्रिसाको बुवा श्याम साह बाराको सिम्रौनगढमा हेल्थ असिस्टेन्ट रहेको थाहा हुन आएको उनले बताए । “कसैले हेल्थ असिस्टेन्ट, कसैले डाक्टर हो भन्छन् । यकिन भइसकेको छैन,” उनले भने ।

केआईआईटीमा कम्प्युटर विज्ञानकी स्नातक प्रथम वर्षकी १८ वर्षीय छात्रा प्रिसा बिहीबार मृत अवस्थामा भेटिएकी थिइन् । बिहीबार (वैशाख १८) साँझ प्रिसा कलेज होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव भुवनेश्वरस्थित एम्स अस्पतालमा राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro